Opens in a new tab

पोलमा बाँधी कुटपिट गर्ने एक जना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

रौतहट । बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–३ वस्ने ३८ वर्षीय साजिद अन्सारी छन्।

गौर नगरपालिका–३ पोखरिया टोल त मस्जिदको छेउमा एक जना मानिसलाई गत आइतबार दिउँसो चार बजे बिजुलीको पोलमा बाँधी कुटपिट गरिएको थियो।

कुटपिट भएको भिडियो सामाजिक संजालमा भिाइरल भएपछि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको रौतहटका प्रहरी प्रबक्ता एवम् डिएसपी उमाश‌ंकर यादवले जानकारी दिए।

कुटपिटमा संलग्न भएका साजिदलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।