एएफसी कपमा मच्छिन्द्र र भुटानी टीम भिड्दै

नवलपुर टुडे
२०८० साउन १७ | मध्यान्ह ०३:०४ बजे

काठमाडौँ । यही साउन २३ गते राजधानीको दशरथ रगंशालामा एएफसी कप–२०२३ को पहिलो छनोट चरणको खेल हुने तय भएको छ । उक्त खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले गर्दैछ । खेलमा मच्छिन्द्रलेभुटानको लिग च्याम्पियन पारो एफासीविरुद्ध खेल्न लागेको हो ।























