कपिलवस्तु विजयनगरकाे धन्धरामा पानीको हाहाकार
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, १७ साउन (विजयनगर) । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ धन्धरामा पानीको हाहाकार भएको छ । धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे चरम अभाव भएको छ ।
गत शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या भएको विजय कुमार चाैधरीले बताए । जमिन मुनिकाे पानी सुक्दा नल्कामा पानी नआएको हुन सक्ने उनले बताए ।
गाउँमा भएको कुवामा जम्मा भएको पानीले नुहाउन र लत्ताकपडा धुनसमेत समस्या भएको बताए । उनले गाउँमा जडान भएको ४० ओटै नल्का सुकेकाे जानकारी दिए ।
यस्तै पार्वती काेरीले नल्काबाट एक लिटर पानी निकाल्न १०/१५ मिनेट समय लाग्ने गरेकाे दुखेसो पाेखिन् । उनले भनिन् ‘शौचालय जान पानी छैन । शौचालय दुर्गन्धित बनेका छन् । हात धुनसमेत समस्या भएको छ’। पानी नभएर गाउँमा ठुलाे समस्या खडा भएको उनले बताइन् ।
वडा अध्यक्ष दिनेश कुमार चाैधरीले छिमेकी गाउँ मधनगर र कप्तानगञ्जमा जडान गरिएको डिप बाेरिङ चलाउँदा पानीकाे समस्या सिर्जना भएको बताए । धान राेपाईका लागि लामाे समयसम्म बाेरिङ चलाएपछि नल्कामा पानी नआएको बताए । उनले ५५ घरधुरी रहेका धन्धराबासीलाई खानेपानीकाे चरम समस्या भएको बताए । उनले ५ सय फिट मुनि डिप बाेरिङ जडान गरिएको बताए । वडा अध्यक्ष चाैधरीले धन्धराबासीलाई पानीकाे समस्या समाधान नहुञ्जेलसम्म बाेरिङ चलाउन नदिने बताए ।
वडा अध्यक्ष चाैधरीले तत्काल गाउँमा भएका कुवालाई सरसफाइ गरि नुहाउन, लत्ताकपडा धुनका लागि व्यवस्थापन गरिएको बताए । कुवालाई वाटरगार्ड र पाेटास हालेर सरसफाई गरि व्यवस्थापनमा प्राविधिक टाेली खटिएको बताए । खाना पकाउन र पिउनका लागि तत्कालै वायाे स्यान्ड फिल्टरकाे व्यवस्था पनि गरिने उनले बताए ।
गाउँपालिकाका वास संयाेजक अर्जुन बेल्बासे र वडाले प्राविधिक टाेलीसमेत पानी व्यवस्थापनका लागि प्राविधिक टाेली खटिएको वडाले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















