प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०३:०४ बजे

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो ।























