राजनीति

रास्वपाको अभियानका कारण सरकारलाई भ्रष्टाचारको फाइल खोल्न प्रेरणा मिल्यो : रवि लामिछाने

नवलपुर टुडे
२०८० साउन १५ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन् ।

उनले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने व्यक्ति पार्टीमा जोडिने क्रम जारी रहेको बताए । उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र विभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको बताए । लामिछानले आगामी चुनावसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे । 

उनले सुदूपश्चिमलाई सधैं दुर्गम बनाउन नहुने बताए । उनले बिरामी पर्दा काठमाडौंका जनताले पाए जस्तै स्वास्थ्य सेवा सुदूरपश्चिमका जनता सेवा पाउने बनाउनुपर्ने धारणा राखे । उनले सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु