माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

नवलपुर टुडे
२०८० साउन १५ | बिहान ११:०४ बजे

काठमाडौँ, साउन १५। नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ ।
कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ ।
बैठक आगामी १७ देखि २१ गतेसम्म चल्नेछ । बैठकमा पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्ने शर्माले बताए ।
यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्य समितिको बैठक लाइभ गरेको थियो ।





















