राजनीति

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नवलपुर टुडे
२०८० साउन १४ | मध्यान्ह ०४:०४ बजे

काठमाडौँ, साउन १४ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । 

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको बताए । चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफू साढे ८ वर्षसम्म जेलमा बस्नु परेको बताए ।  

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

photo 2023 07 30 16 52 37

कमेन्टहरु