रास्वपाले बोलायो संसदीय दलको बैठक

नवलपुर टुडे
२०८० साउन १४ | बिहान ११:०४ बजे

काठमाडौं, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने रास्वपाका सचेतक निशा डाँगीले जानकारी दिइन् । बैठकमा यसअघि (साउन ९ गते बसेको बैठक)कै विषयहरूमा छलफल हुने डाँगीले बताइन् ।
संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ ।





















