सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर किशोरीको मृत्यु

नवलपुर टुडे


सर्लाही । सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घरबाट सय मिटर दुरीमा रहेको खाल्डोमा जमेको पानीमा नेहा घोघीं टिप्न जाँदा खुट्टा चिप्लिएर पानीमा डुबेकी थिइन् । डुबेर सक्त भएकी नेहालाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै शुक्रबार साँझबाट हराइरहेका हरिपुर नगरपालिका–८ का ७ वर्षीय बालक अमन दास पनि नहरमा डुबेको अवस्थामा फेला परेको छ । घरबाट ५ सय मिटर पर नहरबाट हराएको बालकको शव झण्डै ४ किलोमिटर दक्षिण तर्फबाट फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















