एमाले राजीनामा माग्ने, राप्रपाले जवाफ

नवलपुर टुडे


बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर झन्डै एक साता संसद अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले फेरि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने तयारी गरेको छ ।
त्रिभुवन विमानस्थलबाट भएको क्विन्टल सुन तस्करीमा दुवै जना मन्त्रीको संलग्नताको आरोप लगाउँदै एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा दुई मन्त्रीको राजीनामाको विषय उठाउन लागेको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । त्यसअघि मध्यान्ह १२ बजे एमाले संसदीय दलको बैठक बस्दैछ ।
यता, संसदका गतिविधिमा फरक पहिचान देखाउन नसकेको आलोचना खेपिरहेको राप्रपाले सुन तस्करी प्रकरणमा भने एमालेलाई साथ नदिने भएको छ । राप्रपाले गृहमन्त्रीको राजीनामा नभई जवाफ माग्ने तयारी गरेको सो पार्टीका एक नेताले बताएका छन् ।
यसअघि एमालेले संसद अवरुद्ध बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी एमालेलेको इशारामा चलेको धेरैले टिप्पणी गरेका थिए । राप्रपा र रास्वपाका सांसदहरुले प्रतिपक्षका रुपमा संसदमा आफूहरुको अलगै पहिचान रहेको स्पष्टिकरण नै दिनुपरेको थियो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















