सुर्रेको पहिलो जितमा सन्दीपको दुई विकेट

नवलपुर टुडे


काठमाडौ । ग्लोल टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सुर्रे जगुअर्सले पहिलो जित हासिल गरेको छ। लिगको आफ्नो तेस्रो खेलमा सुर्रेले टोरन्टो नेसनल्सलाई २० रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। १८ ओभरमा घटाइएको खेलमा सुर्रेको यो पहिलो जित हो।
जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेसनल्सले १८ ओभरमा ९ विकेट गुमाएर १ सय २१ रनमात्र बनायो। उसका लागि कोलिन मुनरोले सर्वाधिक ४३ रन बनाए। मुनरो सन्दीपको बलमा बोल्ड आउट भए।
त्यस्तै, शाहिद अफ्रिदीले २३ रन बनाए। सन्दीपले अर्मान कपुरलाई १६ रनमा जनिन्दर सिंहबाट क्याच आउट गराउँदै दुई विकेट लिए। उसका लागि म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















