राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय लेख्न महामन्त्रीद्वयसहित पाँच नेतालाई जिम्मा

नवलपुर टुडे
२०८० साउन ९ | मध्यान्ह १०:०४ बजे

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ । मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो । 

साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक भोलि सकिँदैछ । बैठकमा उठेका प्रश्नको जवाफ दिएर भोलि ४ बजे बैठक समापन गर्ने तयारीमा रहेका सभापति देउवाले उनीहरूलाई निर्णय लेख्ने जिम्मेवारी दिएको एक नेताले बताए । ती नेताका अनुसार निर्णयको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएका नेताहरूबीच बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपा बैठक बस्ने छ ।

बैठकले महामन्त्री शर्माले पेस गरेका १० एजेन्डा र अर्का महामन्त्री थापाको कार्यतालिकामाथि निर्णय लिने उनको भनाइ छ । सभापति देउवाले नीति महाधिवेशन छठपछि गर्ने प्रस्ताव गरेको बुझिएको छ । सोही अनुसार निर्णय हुने सम्भावना रहेको ती नेताले बताए ।  महामन्त्री थापाको कार्यतालिका पनि संशोधन सहमति पारित हुने छ । 

गठबन्धन सरकारको स्थायित्व, जनजीविकाका मुद्दाबारे पनि बैठकले निर्णय लिने ती नेताले बताए ।

कमेन्टहरु