दाङमा अविरल वर्षाका कारण १६ घर डुबे, एक घर भत्कियो

नवलपुर टुडे


दाङ । अविरल वर्षाका कारण दाङको लमही नगरपालिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा १६ घर डुवानमा परेका छन् भने एक घर भत्किएको छ। राजपुर गाउँपालिका-२ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ।
घरहरू डुवानमा परेको खबर पाएपछि पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ। त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ। पालिकाको सहयोगमा डोजरहरूको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ।
त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर-१४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ। गाडीमा चालक मात्रै रहेको र चालकको उद्धार गरिएको पनि प्रहरी जनाएको छ। लगातारको वर्षाले राप्ती नदी र बबै नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















