Opens in a new tab

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र माओवादी नेताहरूबीच भेटवार्ता

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरूले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।

भाजपाको नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा उनीहरूबीच छलफल भएको हो। भाजपालाई जान्नुस् (Know BJP)’ अभियानअन्तर्गत भएको छलफलमा माओवादी नेताहरूलाई भाजपाको आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो।

भाजपाको निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका थिए। ६ दिने भ्रमणका क्रममा माओवादी नेताहरू दुई दिन उत्तराखण्डको समेत भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ मुख्यमन्त्री पुष्करसिंह धामीसँग छलफल हुने भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालाले जानकारी दिएका छन्। 

माओवादी टोलीले उत्तराखण्डमा पनि भाजपाका नेता तथा राज्य पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भारतीय जनता पार्टीको ४३औं स्थापना दिवसमाको अवसरमा अध्यक्ष नड्डाले छिमेकी देशका सत्तारुढ दलहरूलाई बोलाएर यो अभियान सञ्चालन गरेका हुन्। 

nullnullnull

 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे