कानुनमन्त्रीको प्रस्ताव : उच्च तहका नेता र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गरौँ

नवलपुर टुडे


काठमाडौं । न्याय कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेसको उपसभापतिसमेत रहेका मन्त्री गुरुङले देउवा सरकार गठन हुँदाको न्यूनतम साझा कार्यक्रममा नै ठूला भ्रष्टाचारका काण्डको छानबिन गर्ने भनेको भन्दै त्यसलाई अघि बढाउन नेपाली कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने बताए ।
“उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा, ठूला भ्रष्टाचारको छानबिन गर्ने कुरा अहिलेको होइन तपाईं प्रधानमन्त्री बन्दा न्यूनतम साझा कार्यक्रममा लेखिएको विषय हो,” गुरुङले भने, “उच्च तहका नेताहरूको सम्पत्ति छानबिन होस् भनेर यो बैठकबाटै भन्नुपर्छ । उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन होस् भनेर पनि निर्णय गर्नुपर्छ । जनताले सुन्न चाहेको निर्णय यो हो सभापति महोदय र यही प्रस्ताव हामीले बैठकको निर्णयमा प्रतिविम्बित गरौं ।”
उनले पार्टी र नेतृत्व रूपान्तरण हुनुपर्छ भनेर मात्र नहुने भन्दै आफू रूपान्तररित हुने प्रण गर्नुपर्ने बताए ।
“कांग्रेस बदलिनुपर्छ भनेर हुँदैन । कर्म बदलौं, व्यवहार बदलौं,” गुरुङले भने, “७५/७६ वर्षका सभापति बदिलिनुपर्छ भन्नुभन्दा म आफैँ बदलिने प्रण गर्दछु । कति सक्छु म प्रयासरत छु ।”

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















