नवलपरासीमा अवैध कुखुराको चल्लासहित पिकअप गाडी नियन्त्रणमा

नवलपुर टुडे


नवलपरासी, साउन ७ । नवलपरासीमा अबैध रुपमा भारतबाट भित्र्याएको २६ कार्टुन बोईलर कुकुराको चल्ला नियन्त्रणमा लिइएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका- १ रुपौलियाबाट लु १ ज २६८३ नं. को पिकअपमा ल्याउदै गरेको अन्दाजी मूल्य रु. २,२८,००० /- बराबरको बोईलर कुखुराको चल्ला आइतबार बिहान ६ बजे प्रहरीले बरामद गरेको हो ।
उक्त गाडीको मूल्य अन्दाजी मुल्य रु. ५,००,०००/- र कुखुराको चल्लाको २२७०००/- गरी अन्दाजी मूल्य रु. ७,२८,०००/- बराबरको रहेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
गाडीको चालक प्रतापपुर गाउँपालिका- १ बस्ने बर्ष ३७ को भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको पाण्डेयले बताए ।
आ.व.०७९/०८० मा वाेईलर कुखुरा ८३३० जिउँदो अन्दाजी मुक्य रु. ५०,५८,६२०/-, चल्ला १९५० गाेटा अन्दाजी मूल१, रु. ३३,५००/- गरि जम्मा मुल्य ५१,९२,१२०/- र यस आर्थिक बर्षको
३१२० गाेटा चल्लाकाे मुल्य रु. २,२८,०००/- पिकअप ५,००,०००/- गरी जम्मा मुल्य रु. ७,२८,०००/- मूल्य बराबरको बरामद गरिएको छ ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















