राजनीति

नेवि संघले कृष्णनगरमा मनायो विपी कोइरालाको ४१औँ स्मृति दिवस

नवलपुर टुडे
२०८० साउन ६ | मध्यान्ह ०८:०४ बजे

कपिलवस्तु, साउन ६ । नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१औँ बीपी स्मृति दिवस मनाइएको छ। शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा विद्यार्थी नेताहरु उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए ।

कार्यक्रममा विपी कोइरालाको फोटोमा माल्यार्पण तथा मैनबत्ती बाली उहाँ प्रति सम्मान प्रकट गरिएको थियो।कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले विपी कोइराला लोकतांत्रिक अगुवा रहेको बताउदै उहाँले नेपाल  राष्ट्रका लागि दिएको योगदान अविस्मरणीय रहने बताउदै विद्यालय तहको पाठ्यक्रममा समेत उहाँको जीवनी समावेश गरि विद्यार्थी लाई अध्ययन गराउनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस समर्थन नेता कार्यकर्ता तथा अन्यको सहभागिता रहेको नेपाल विद्यार्थी संघ कृष्णनगरका अध्यक्ष हिमांशु श्रीवास्तवले जानकारी दिए।

कमेन्टहरु