पार्टी भित्र आन्तरिक एकता भएन : देउवा

नवलपुर टुडे
२०८० साउन ६ | मध्यान्ह ०७:०४ बजे

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको आन्तरिक एकता हुन नसकेको बताएका छन् । उनले पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन नसकिएको बताए ।
सुनसरीको इनरुवामा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए । उनले बारम्बार स्थायी शान्तिलाई जोड दिएका उनले लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।उनले आजै सुनसरीको बहालमा बिपी कोइरालाको पूर्ण कदको शालिक अनावरण समेत गरे । ४१ औँ स्मृति दिवसमा बिपीलाई स्मरण गर्दै सभापति देउवाले बिपीको बारेमा जति बोलीपने कम हुने बताए ।
बिपी र गिरिजाप्रसाद कोइराला चुनाव लडेको क्षेत्रमा पुगेका देउवाले लोकतन्त्रलाई भाइब्रेन्ट बनाउन लाग्ने धारणा राखे ।






















