नेपाली काङ्ग्रेस सुनसरीको जिल्ला सम्मेलन इनरुवामा देउवा र कोइरालाले सम्बोधन गर्ने

नवलपुर टुडे
२०८० साउन ६ | बिहान ११:०४ बजे

विराटनगर । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डाक्टर शेखर कोइराला आज एउटै कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
नेपाली काङ्ग्रेस सुनसरीको जिल्ला सम्मेलनमा २ नेताहरुले आज एउटै मन्चबाट सम्बोधन गर्ने भएका छन् । सुनसरीको इनरुवामा आयोजित सभालाई दुई नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस सुनसरी सचिव विरेन्द्र साहाले बताए ।
दुवै नेताहरू बिपी कोइरालाको पुर्णकदको सालिक अनावरण कार्यक्रममा सहभागी हुने छन् । लामो समयदेखि यी दुई नेता एउटै कार्यक्रममा सहभागी भएका छैनन् ।
इनरुवाको बबियामा रहेको सालिक अनावरणपछि दिउँसो १ बजे जिल्ला सम्मेलनको उद्घाटन हुने कार्यक्रम तय भएको उनले बताए । जिल्ला सम्मेलन हुनु अघि बिहान सम्पूर्ण पालिकामा वृक्षारोपण गर्ने र दिउँसो सम्पूर्ण नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम गरिने उनको बताए ।






















