राजनीति

एमाले अध्यक्षसँगै ‘होली वाइन’ पनि झुल्किए कम्बोडियामा

नवलपुर टुडे
२०८० साउन ५ | मध्यान्ह ०७:०४ बजे

काठमाण्डाै । ‘होली वाइन’ भनेर चिनिने एमाले–सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि कम्बोडियाको राजधानी न्होम्पेन्ह पुगेका छन् । पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला कम्बोडिया भ्रमणमा हुनुहुन्छ । 

उहाँ कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि सहभागी हुन मंगलबार राति राजधानी न्होम्पेन्ह जानुभएको हो । काठमाडौंबाट ओली सिंगापुर जानु एक दिनअगाडि बैंककमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहसमेत मंगलबार नै सिंगापुर पुग्नुभएको थियो । 

3 9vPS5dFzQf

अध्यक्ष ओलीले निजी सचिव राजेश बज्राचार्यलगायत अंगरक्षकसमेतको टोलीलाई अघिल्लै दिन सिङ्गापुर पठाउनुभएको थियो । मंगलबार राति उहाँसहित पूर्वराजाको सिंगापुर यात्रा एकै पटक काठमाडौं र बैंककबाट हुनुलाई राजनीतिक वृत्तमा काकताली मात्रै मानिएको छैन । 

ढकाल सर्वाधिक विदेश भ्रमण गर्ने सांसदमा दरिएका छन् । उनी प्रायः हरेक साता बैंकक,सिंगापुर,मनिला, क्वालालम्पुर,सिओल,नयाँ दिल्ली, सिड्नी,इस्तानबुल हुँदै विदेश यात्रामा निस्कने गरेका छन् । उनले काठमाडौं पुगेको बेला संसद बैठकमा पनि झुल्किएर बेतुकको विषयमा धारणा राख्ने गरेको पाइएको छ । जनाअस्थाबाट साभार

4 uUw8qkggak

कमेन्टहरु