राजनीति

बीपी स्मृति दिवस मनाउन तरुण दल अध्यक्षको परिपत्र

नवलपुर टुडे
२०८० साउन ५ | मध्यान्ह १२:०४ बजे
अध्यक्ष गुरुङले ७७ वटै जिल्ला कार्यसमितिलाई बीपी जयन्ती मनाउन परिपत्र गरेका हुन्।

काठमाडौं /नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले बीपी स्मृति दिवस मनाउन मातहत समितिला रिपत्र गरेका छन्। गुरुङले ७७ वटै जिल्ला कार्यसमितिलाई बिपी जयन्ती मनाउन परिपत्र गरेका हुन्।

भोलि शनिबार (६ साउन) बीपीको ४१औं स्मृति दिवस मनाइँदै छ। साप्ताहिक रुपमा वृक्षारोपण, रक्तदान, फलफूल वितरणलगायत कार्यक्रम गरी पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले अपिल गरेका छन्।

बीपी स्मृति दिवसमा गरिएको कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन र स्मृति अवसरमा बाढीपहिरोले पीडित परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङको परिपत्रमा निर्देशन दिइएको छ।

कमेन्टहरु