साफ यु-१६: बाँकेबाट छानिए २१ खेलाडी

नवलपुर टुडे
२०८० साउन ५ | बिहान ०७:०४ बजे

नेपालगञ्ज । साफ यु-१६ का लागि बाँकेबाट २१ जना फुटबल खेलाडी छनाैट गरिएकाे छ। जिल्लाकाे तीन ठाउँ नेपालगञ्ज, काेहलपुर र खजुराबाट पहिलाे चरणमा छनाैट भएका १ सय ५० जनामध्येबाट २१ जना अन्तिम छनाैटमा परेकाे प्रशिक्षक युवराज शाहीले जानकारी दिए।
काेहलपुरकाे तेह्र विगाह, नेपालगञ्जकाे धम्बाेझी स्पाेर्टस एकेडेमी र खजुराकाे डिगाउँ खेल मैदानमा पहिलाे चरणकाे छनाैट राखिएकाे थियाे। ती ठाउँमा छानिएकालाई नेपालगञ्जमा ल्याएर छनाैट गरिएकाे थियाे।अहिले छानिएका २१ जना आफ्नै खर्चमा दाङमा हुने प्रदेश छनाैटमा जानेछन्। दाङमा ६ गतेदेखि दुई दिन प्रदेशकाे छनाैट हुनेछ।
प्रदेशबाट छानिएपछि राष्ट्रिय टीममा पर्न फेरि देशभरबाट आएकासँग प्रतिस्पर्धा गर्नुपर्छ । फुटबलकाे यसप्रकारका छनाैटमा पश्चिमबाट कम नै परेकाे पाइन्छ।























