राजनीति

नेकपा एसको महाधिवेशन माघमा गर्न प्रस्ताव

नवलपुर टुडे
२०८० साउन ५ | बिहान ०६:०४ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् । कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । आज सकिने बैठकले सम्भवत: महाधिवेशनको मिति टुंग्याउने बताइएको छ ।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एसले पहिलो महाधिवेशनको गृहकार्य गरिरहेको छ । शुक्रबारदेखि सुरू भएको बैठक आज सकिने बताइएको छ ।

 
 

कमेन्टहरु