नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारे
धर्मेन्द्र कुमार कुर्मी


एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेल नायक बने। बलिङमा युएई ए को ६ विकेट लिएका भुर्तेलले बिस्फोटक ब्याटिङ गरे। ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै भुर्तेलले ७१ रनको महत्वपूर्ण योगदान गरे।
देव खनाल र सन्दीप जोराले समान २४ रन जोड्दा गुल्सन कुमार झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। प्रतिस जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहँदा पवन सर्राफ शून्यमा आउट भए।
श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपाल र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बी बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















