कपिलवस्तुमा माधवकुमार नेपाल विश्वकै अग्लो बुद्व मूर्ति बनाउन किन चाहन्छन् ?

नवलपुर टुडे


रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्ध मूर्ति बनाउन सक्रिय भएका छन् । अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बुद्ध मूर्ति पार्क संग्रहालयसहित तयार गुरुयोजनाको प्रारम्भिक अवधारणा प्रस्तुत गरिएको छ । नेपाल आफैं यो सेन्टरका अध्यक्ष हुन् ।
सेन्टरले यो विषयमा काठमाडौंमा छलफल आयोजना गरेर कार्ययोजनासमेत बनाएको हो । नेपालको तर्फबाट जग्गा प्राप्तिको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ वर्षमा २४५ मिटर अग्लो बुद्ध मूर्तिसहितको पार्क बन्ने कार्ययोजना तय गरिएको सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवर्डले बताए ।
कार्यक्रममा चिनियाँ मास्टर से डे युनले उक्त परियोजनाका लागि स्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए ।कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनी मलेसिया र टीआईडीए कन्स्ट«क्सन चाइनाबीच कार्य सम्झौता पनि गरिएको छ । कार्यक्रममा कपिलवस्तुका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, कपिलवस्तुका मेयर सुदीप पौडेलसहितको टोली पुगेको थियो ।
२०७९ चैत ३ गते कपिलवस्तु नगरपालिका क्षेत्रभित्र २४५ मिटर अग्लो मूर्ति निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले हस्ताक्षर गरेका थिए ।
मेयर पौडेलले यो क्षेत्रकै नमुना योजना भएकाले जतिसक्दो छिटो जग्गा व्यवस्थापन गर्न योजना बनाइएको र वडा नं ६ र ९ मा पर्ने नदी उकास क्षेत्रको करिब ५० बिगा जग्गा पहिलो चरणमा हेरिएकाले त्यही नै छनोट हुनसक्ने बताए । नेता नेपालले कपिलवस्तुमा पहिलेदेखि नै केही लगानी गर्न खोजिरहेका थिए । वाणगंगाको कपिलधाममा केही वर्षअघि उनका पिता मंगलप्रसाद उपाध्यायको सालिक बनाएर राखेका छन् ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा नेकपा एसका नेता सिद्धिचरण भट्टराईले नेता नेपालले पहिलेदेखि नै कपिलवस्तु र बुद्धका विषयमा धेरै चासो र अध्ययन गरेको र पुरानो पारिवारिक सम्बन्ध पनि भएकाले विशेष ध्यान दिएको हुनसक्ने बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















