Opens in a new tab

कांग्रेस बैठक आज पनि, केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। मुख्य कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ। 

आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। बैठकको पहिलो दिन हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरेका थिए।

यसैगरी निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समिति संयोजक आनन्द ढुंगानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा पार्टीको प्रस्तुति र मन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे ब्रिफिङ गरेका थिए।

हिजोको बैठक कांग्रेसको फेसबुक पेजमा लाइभ गरिएको थियो।  

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे