Opens in a new tab

एकीकृत समाजवादीको बैठक लम्बियो

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारसम्म लम्बिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठक आज मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो । जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिसकेका छन् । नेताहरूले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राखेका हुन् । 

मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखेका छन् । करिब ५ घण्टा आफ्नो विचार राखेका खनालले विगत २२ महिनाको समीक्षा गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार खनालले देशको वर्तमानस्थित लगायतका विषयमा धारणा राखेका थिए ।  

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे