राजनीति

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

नवलपुर टुडे
२०८० असार ३१ | मध्यान्ह ०३:०३ बजे
/fli6«o;ef a}7s sf7df8f}F, @$ h]7M /fli6«o;efsf] cfh a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, pkk|wfgdGqL tyf u[xdGqL gf/fo0fsfhL >]i7nufot ;b:ox? . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अनिश्चितकानका लागि स्थगित गरेको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

कमेन्टहरु