मुन ड्रप्सको बोतलमा लेऊसहितको भेटियो अखाद्य पदार्थ

नवलपुर टुडे


दिपेश कुमार शाह
रौतहट । रौतहटको चन्द्रनिगाहपुरको एक पसलमा पिउनका लागी ल्याईएको मुन ड्रप्स नामको मिनरल वाटर बोतलमा रहेको पानीमा सेतो लेदोसहितको अखाद्य पदार्थ भेटिएको छ ।
शनिबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर नजिकैको एक पसलमा कम्पनीबाट खरिद गरिएको उक्त मुन ड्रप्स नामको पानीको सीलसहितको बोतलमा लेऊ र लेदोसहितको अखाद्य पदार्थ भेटिएको हो ।
मुन बेब्रेज ईण्डष्ट्रिज प्रालि चन्द्रपुर- ५ द्धारा उत्पादन गरिएको मुन ड्रप्स नामको पानीको बोतलमा लेदोसहितको अखाद्य पदार्थ भेटिएपछि अहिले चन्द्रनिगाहपुर सँगै रौतहट जिल्ला र सो आसपासका जिल्लामासमेत उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् ।
पानीमा भेटिएको पदार्थ बारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने माग स्थानीयले गरेका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















