रौतहटमा आफ्नै पतिको हत्या, अनुसन्धानका लागि पत्नी पक्राउ

नवलपुर टुडे


दिपेश कुमार शाह
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र तुल्याएको छ । आफ्नै घरभित्र सुतिरहेका देवाही गोनाही–६ का ४० वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मृतककी पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक गोविन्द कुमार साहका अनुसार घटना गएराति ११ र १२ बजेको बीचमा भएको हुनसक्छ ।
मृतककी पत्नीले राति दुई बजेर १५ मिनेटमा घटनाबारे खबर गरेको र खबर पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको साहले बताए । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइ कुकुरको सहयोगमा थप अनुसन्धान गरिएको mर सोही क्रममा मृतकको पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















