राजनीति

सीता दाहालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनद्वारा दुःख व्यक्त

नवलपुर टुडे
२०८० असार २९ | मध्यान्ह ०७:०३ बजे

काठमाडौँ । सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन्।

माओवादी केन्द्र सल्लाहकार परिषद्का सदस्य दाहालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले शुक्रबार संयुक्त शोक वक्तव्य निकालेका हुन्।

दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त नेतृत्वको अनेरास्ववियू, प्रकाश शाही नेतृत्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल, देवेन्द्र कुवर नेतृत्वको अखिल छैठौं, नेत्र चापागाईँ नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनले शुक्रबार संयुक्त शोक वक्तव्य निकाल्दै स्व दाहालको योगदान भावी पुस्ताको लागि अनुकरणीय सिकाई हुने बताएका छन्।

s JusjijVsPn

कमेन्टहरु