नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य

नवलपुर टुडे


काठमाडौँ, असार २९ । सोमपाल कामीको महत्वपूर्ण प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य पेश गरेको छ ।टस जितेर पहिले व्याटिङ गरेको नेपाल ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ जोड्यो ।
एक समय लज्जासपूर्ण अवस्थामा पुगेको नेपाललाई सोमपालले केही राहत दिलाए । उनी व्यक्तिगत ७५ रनमा आउट भए । ३७औं ओभरमा एक रन लिने चक्करमा सोमपाल विकेटकिपरबाट क्याच हुन पुगे । सोमपालले ७७ बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए ।
नेपालका अन्य कुनै पनि व्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सोमपाललाई महत्वपूर्ण पारी खेल्न प्रतिश जिशीले महत्वपूर्ण साझेदारी गरे । यी दुई अर्धशतक साझेदारी गरेका थिए । प्रतिश २६ रनमा आउट भए । नेपालले खराब व्याटिङ गर्दै पहिलो पावर प्ले १० ओभर भित्रै ४३ रन बनाउँदै महत्वपूर्ण ६ विकेट गुमाई सकेको थियो । पाकिस्तानका सहनबाजले ५ विकेट लिए ।
समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा भारत ‘ए’ र अन्तिम खेलमा युएई ‘ए’संग खेल्ने छ । समूहका २ टिम सेमीफाइनलमा पुग्ने छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















