शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

नवलपुर टुडे


कपिलवस्तु, अषाढ २६ । कपिलवस्तुको शिवराज साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्।
शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो ।
साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो ।
साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार, सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो ।
साझेदारी बनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो । ६ सय ८८ हेक्टर बन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उहाँले बताउनुभयो । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि काम गरिएको गुप्ताले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















