बिजयनगरमा कांग्रेसलाई जनतासंग जोड्ने गाउँ सम्मेलन सम्पन्न


नन्दकिशोर कुर्मी
विजयनगर । नेपाली कांग्रेस कपिलवस्तुले कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । कांग्रेसले यसपाली रूपान्तरणको कार्यक्रम लिएर गाउँ वडा पसेको हो ।
नयाँ पार्टीहरूको उदय भएसंगै संगठन जोगाउन सकस भएपछि कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारासहित जनता माझ जान लागेको हो । कांग्रेसले बिजयनगर गाउँपालिकाका हरेक वडामा जनतासंग कांग्रेस जोड्ने अभियान संचालन गर्दै आएको छ ।
अब जनताले परिबर्तन चाहेकाले सोही बमोजिम सभापति सफिक मोहमद अभियान संचालन गरिएको बताए । अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्नेसमेत विश्वास व्यक्त गरे। ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो, उनले भने ।
प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सचिव प्रेम रायमाझी र जिल्ला सदस्य केशव पाण्डेको सभापतिकाे नेतृत्वमा गाउँ सम्मेलन कार्यक्रम सम्पन्न गरेका हुन
अभियान अन्तर्गत कपिलवस्तु विजयनगरका बिशिष्ट अतिथि क्षेत्रीय कार्यबाहक सभापति मुक्त्तेश्वर मिसरा, बिष्णु पौडेल, बिनाेद नेपाल, रजेश उपाध्या, सीता पाेख्रेल र रफिक माेहम्मदकाे उपस्थितिमा गाउँ सम्मेलन सम्पन्न गरेको हो।






















