Opens in a new tab

भुटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनाबद्ध : सांसद राणा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी हुन् । आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन् ।

उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सांसद राणाले अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानिको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौती समेत दिइन् ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे