राजनीति

सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ, साथ चाहिन्छ : प्रधानमन्त्री

नवलपुर टुडे
२०८० असार २५ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुशासनका लागि साहसिक रूपमा काम गरिरहेको बताएका छन् ।

सोमबार प्रनितिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जरोसम्मै पुग्ने बताए ।”इतिहासबाट थाकिरहेका थुप्रै मुद्दाहरूका निम्ति सरकार दृढताको साथ साहसिक रूपमा अघि बढिरहेको छ, बढ्छ । जरोसम्मै पुग्छ, ढुक्क भए हुन्छ । तपाईंहरूको साथ चाहिन्छ,” उनले भने ।

प्रधानमन्त्रीले आफू लोकतन्त्रको सुदृढका आफू प्रतिबद्ध रहेको पनि बताए ।

कमेन्टहरु