राजनीति

राष्ट्रियसभा बैठक बस्दै

नवलपुर टुडे
२०८० असार २५ | बिहान ०७:०३ बजे
/fli6«o;ef a}7s sf7df8f}F, @$ h]7M /fli6«o;efsf] cfh a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, pkk|wfgdGqL tyf u[xdGqL gf/fo0fsfhL >]i7nufot ;b:ox? . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दा पटक–पटक अवरुद्ध हुँदै आएको संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आजका लागि बोलाइएको छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बिनियोजज विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

एमालेले अवरोध गर्दा आइतबारको बैठक पनि चल्न सकेको थिएन । आइतबार बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताएकी थिइन् । प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको उनको जिकिर थियो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन् ।

 

कमेन्टहरु