कपिलवातुको विजयनगर एक महिना नबित्दै पिपिसी ढलान भत्कियो
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् ।
यता गाउँपालिका इन्जिनियर नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए । उनले नयाँ माटोमा पिपिसी ढलान गर्दा पिपिसीसहित बाटो भत्किएको बताए । उनले कल्भर्ट पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने बताए ।
यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले भत्किएको पिपिसी ढलानको काम सुरु गरिएको बताए । उनले नयाँ माटो पटान भएकोले पिपिसी ढलान भत्किएको बताए । उनले पिपिसी निर्माण भएको ६,७ दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा आउँदा पिपिसी ढलानको दुबै छेउ भत्किएको बताए ।
गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी निर्माण भएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















