समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे

नवलपुर टुडे


काठमाण्डाै । सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।
उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद् चलाउन आग्रह गरेको बताउनु भयो । उहाँले साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो छ ? भनेर प्रश्न गरेको बताउनु भयो ।
जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले याे विषयलाई गम्भीरताका साथ लिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताउनुभएको घिमिरेले बताउनु भयाे । उहाँले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री प्रचण्डलाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको बताउनु भयो।
उहाँले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने ठाउँ संसद् बन्न नदिने बताउनु भयो । उहाँले विषय उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र त्यही अनुसार पहल गरिरहेको बताउनु भयाे । केही दिनअघि प्रधानमन्त्रीले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरुसँग धाउनुभएको थियो भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।
एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्नै नसक्ने बताउँदै संसद् अवरोध गर्दा सङ्घीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ । यता, सत्ता गठबन्धनले भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेकाे छ । प्रतिपक्ष दलहरु प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै विरोध गरिरहेका छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















