समाजवादी मोर्चाको नीति र आचारसंहिता तय गर्न कार्यदल गठन

नवलपुर टुडे


काठमाडौं । समाजवादी मोर्चाको नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गरिएको छ । शनिबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चामा आबद्ध चार दलका नेताहरूको पहिलो बैठकबाट नीति र आचारसंहिता तय गर्न चार सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारूप समेत तयार गर्ने उनले बताए । आउँदो साउनमा सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने, त्यसको मितिका विषयमा कार्यदलले टुंगो लगाउने र असार २७ गते घोषणा गरिने उनले जानकारी दिए । हरेक ६/६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।
अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको अध्यक्षता गर्ने निर्णय गरिएको उनले बताए । यस्तै, संसद्मा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर नेकपा (एमाले)ले गैरसंसदीय व्यवहार देखाएको उनले बताए । नेपाली समाजको विशेषताअनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रित हुने उनको भनाइ छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















