कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

नवलपुर टुडे
२०८० असार २२ | बिहान ०८:०३ बजे

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ ।
बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने कांग्रेसले जनाएको छ । जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।
१४ औं महाधिवेशनपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक गरेको छ । बैठकमा पार्टी सदस्यतालाई प्रविधिमैत्री बनाउनेदेखि संगठनका गतिविधिमाथि छलफल भइरहेको छ ।






















