Opens in a new tab

एमालेको विरोधपछि आज पनि राष्ट्रियसभा अवरुद्ध

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।आज दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।

बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए। एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए।

तर, एमाले सांसदहरूले निरन्तर विरोध जनाएपछि उनले बैठक स्थगित गरे । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बस्ने गरी बोलाइएको छ। गत सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे