राजनीति

सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु 

नवलपुर टुडे
२०८० असार २१ | मध्यान्ह १२:०३ बजे

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका  हुन् ।

आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको थियो । 

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन  विधिबारे छलफल हुने महामन्त्री गगन थापाले बताए । 

कमेन्टहरु