राजनीति

माओवादी छिट्टै एकठाउँमा आउँछ: प्रधानमन्त्री

नवलपुर टुडे
२०८० असार २० | मध्यान्ह ०३:०३ बजे

काठमाडौं, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू छिट्टै एकतामा आउने बताएका छन्।

पार्टीनिकट ‍विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू छिट्टै एकैठाउँमा आउने र ०६४ को भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन्।

‘हेर्दै जानुहोला सबै माओवादीहरू एउटै केन्द्रमा आउँछन् सबै संगठनहरू एउटै केन्द्रमा बन्नेछन् । र, पहिलाभन्दा धेरै परिपक्व हुन्छ,’ उनले भने, ‘एकता भएपछि हामी ०६४ को भन्दा बलियो हुन्छौं । र एउटा नयाँ परिस्थिति बन्छ।’

कमेन्टहरु