राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी

नवलपुर टुडे


काठमाडौ, असार २० । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले एक/दुई दिनमै नतिजा प्रकाशनको तयारी गरेको छ । प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्नेछ। बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ।
एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि पाँचवटा संस्थाले अनुमति पाएका छन्। नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्ट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन्।
यस्तै १४ वटा वेवसाइटबाट पनि नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















