जातीय विभेदविरुद्ध जसपाले आज खबरदारी कार्यक्रम गर्न

नवलपुर टुडे
२०८० असार २० | बिहान १०:०३ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा)नेपालले बुधबार जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दैछ।
जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो।
आज दिउँसो १ बजे माईतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ।






















