नवलपरासीमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ३७ लाख बराबरको क्षति

नवलपुर टुडे


नवलपरासी, असार १९ । पश्चिम नवलपरासीमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४:२० बजे बर्दघाट नगरपालिका – ४ बर्दघाट बजारस्थित बम बहादुर थापाको २ तले घरमा शटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो ।
आगलागी भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक बीरेन्द्र केसीको कमाण्डमा २५ जनाको टोली उक्त स्थानमा पुगी स्थानिय, दमकल र प्रहरीको सहयोगमा करिब ५ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट १ जना मानिस सामान्य घाईते भएका छन् ।
सोही घरमा भाडामा लिई संचालन गरेको पसलहरुसमेत जलेर क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घरमा शटर भाडामा लिएर व्यवसाय गर्ने बर्दघाट न.पा. १० बृत्ता बस्ने बर्ष ३१ को सुरज चौधरीको आशिष फोटो स्टुडियो पुर्ण रुपमा जली क्षती भएको र निज आशिष चौधरीको आगो निभाउने क्रममा अनुहारमा पोली सामान्य घाईते भएको छ ।
त्यसैगरी बर्दघाट न.पा. ४ लक्ष्मीनगर बस्ने बर्ष ३० को दुर्गा न्यौपानेको पर्बत युनिक फेन्सी पसलमा आंशिक क्षती भएको छ, भने बर्दघाट न.पा. ४ बजार बस्ने बर्ष ४८ को शिवराज चौधरीको रबिन फार्मेसीमा आंशिक क्षती भएको छ । त्यस्तै बर्दघाट न.पा. १६ कुकुरमारा बस्ने बर्ष ३३ की पुजा सोनीको जे.के. सैलुनमा आंशिक क्षती भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ३७ लाख ५ हजार बराबरको क्षति भएको छ । अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
भिडियो:

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















