Opens in a new tab

सरकार भ्रष्टाचारविरुद्धको अभियानबाट पछि हट्दैन : महरा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन् ।

उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे । अहिले सरकारका कामकारवाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ । महराले समयमा नै पाठ्यपुस्तक उपलव्ध गराउनेदेखि मिटरव्याजी समस्या समाधान लगाएतका धेरै राम्रा काम गरेको दावी गरे ।

यस्तै महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको जिकिर गरे । सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराको भनाई छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे