नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

नवलपुर टुडे


चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।
पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो । सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















