खेलकुद

यूएईमाथि नेपालको जित, सातौं स्थानका लागि मंगलबार आयरल्यान्डविरुद्ध खेल्ने

नवलपुर टुडे
२०८० असार १७ | मध्यान्ह ०९:०३ बजे

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ ।

जिम्बावेको हरारेमा यूएईले दिएको १८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो ।

त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए । यसअघि जिम्बावेको हरारेमा जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो ।

पहिले ब्याटिङ गरेका युएई ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भएको हो । नेपालका सन्दीप लामिछाने र करण केसीले ३÷३ विकेट लिए । गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मस्तफाले ३५ रन बनाए । नेपालले अब पर्सि प्लेअफको फाइनलमा आयरल्याण्डसँग खेल्नेछ ।

कमेन्टहरु